- Get link
- X
- Other Apps
काठमाडौं । नायिका तुनिषा शर्माको निधन भएको छ । मुम्बईमा तुनिषा शर्माले टिभी सिरियलको सेटमा झुण्डिएर देहत्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको समयमा उनी मेकअप रुममा थिइन् । गेट भित्रबाट ताला लगाएको भेटिएको छ । सूचना पाएलगत्तै प्रहरी पुगेर कर्मचारी र सहकर्मीको जानकारी लिइरहेको छ ।
शर्मा टिभी सिरियल अली बाबा दास्तान(काबुल र कट्रिना कैफको फिल्म फितूरपछि चर्चामा आएकी थिइन् । उनी अहिले अभिनेता शिविन नारङसँग म्युजिक भिडियोको छायांकन गरिरहेकी थिइन् । यो घटना अलीबाबाको सेटको हो। दिउँसो साढे ३ बजे कमानस्थित मदर नेचर स्टुडियोमा सुटिङ चलिरहेको थियो ।
मृत्युपछि उनको शवको पोष्टमार्टम गरिएको थियो, हालै उनको रिपोर्ट आएको छ । उनको पोस्टमार्टम आज मुम्बईको जेजे अस्पतालमा गरिएको थियो। टुनिशाको शव आज बिहान परिवारलाई बुझाइने र आजै अन्तिम संस्कार गरिने स्पष्ट पारिएको छ । तर अब उनको अन्त्येष्टिको जानकारी सार्वजनिक भएको छ । तुनिशाको पार्थिव शरीरलाई आज अपरान्ह ४ बजे मुम्बईको मिरा रोडमा दाहसंस्कार गरिने भनिएको थियो । तर अहिले आज नहुने खबर आएको छ ।
चण्डीगढबाट टुनिशाका केही आफन्त आउन बाँकी रहेकाले उनको अन्तिम संस्कार डिसेम्बर २६ मा गरिने बताइएको छ तर यकिन कारण भने खुल्न सकेको छैन । टिभी अभिनेत्री टुनिषा शर्माको मृत्युको पोस्टमार्टम रिपोर्ट आएको छ । जसमा चिकित्सकको टोलीले अभिनेत्रीको मृत्यु मुख्यतः निसास्सिएर भएको बताएको छ । ट्युनिशाको शरीरमा कुनै चोटपटकको निशान भेटिएको छैन ।
झुण्डिएर सास फेर्न गाह्रो भएपछि उनको मृत्यु भएको हो । यद्यपी प्रहरीले उक्त प्रतिवेदनबारे सार्वजनिक भनाइ भने दिएको छैन । तर टुनिशा गर्भवती भएको खबरलाई अनुसन्धान अधिकारीहरूले खारेज गरेका छन् । यति मात्र होइन, पछिल्लो २४ घण्टामा टुनिशाले फोन वा सेटमा बोलेका व्यक्तिहरूको बयान पनि रेकर्ड गरिएको प्रहरीले स्पष्ट गरेको छ ।
प्रहरीले युनिटका सदस्यसँग सोधपुछ गरिरहेको छ ।टुनिषा शर्माले सानै उमेरमा धेरै चर्चित धारावाहिक तथा चलचित्रमा काम गरेर आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् । घटनालाई लिएर सबै किसिमका प्रश्न उठिरहेका छन् । प्रहरीले उनीहरुको जवाफ खोजिरहेको छ । यससँगै टुनिशा कुनै पनि प्रकारको डिप्रेसनमा नरहेको बताइएको छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment