गायिका निरा छन्त्यालको बाबा देखि स-परिवार मिडियामा, छोरीको सपना पुरा गर्छु भन्दै धुरुधुरु रोए (भिडियो सहित)
- Get link
- X
- Other Apps

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? सदाझै उदाउने सूर्यको किरणसंगै लुकामारी खेल्ने उहीं नित्य बिहानीसंगै असिमित आशा र सपनाहरू देख्दै भर्खरै बाईस् वर्षमा पाईला टेकेकी कल्कलाउँदी गायिका निरा छन्त्यालले पोखराको लागि काठमांडूबाट उडान भरेकी थिईन्। अझ भनूँ, मानव भिडको कोलाहल र भौतिक बिकासले थिचेको कर्मस्थल काठमाडौं छोडेर
जन्मस्थल बाग्लुंग र सुन्दर माछापुच्छ्रे हिमालको काखैमा रहेको पोखरा नगरीमा फेरी पाईला टेक्ने उनको उडान थियो त्यो बिहानीको यात्रा। तर उनी धरतीमा ओर्लिदा नओर्लिंदै उनका सपनाहरू सदाको लागि टुटी सकेको थियो उनका पाईलाहरू सदाको लागि रोकिई सकेको थियो। माघ महिनाको पहिलो बिहानीमै यती एयरलाइन्सको विमान दुर्घटनामा परेर असामयिक रूपमा जीवन गुमाउन पुगेकी गायिका निराको छोटो मीठो जीवन जति रोमान्चकताले भरिएको छ उति दुखान्तले कुँदिएको घाउहरूको नील डामहरू बल्झिएको छ।
कस्तो संयोग! गत अप्रिल १९ मा उनले आफ्नो गृह जिल्ला बाग्लुंगसंगैको पर्वतको कुस्मामा बन्जि जम्प गर्दाको भिडियोमा क्याप्सन राखेकि थिईन्- “बिना डोरीको बन्जी पनि गर्दिन्थें प्यारा तर पछारिने हजुरको काख हुनु पर्यो”। तर कस्तो विडम्बना! उनी आफ्नो सपनाको राजकुमारको प्रेमिल काखमा लुटपुटिन नपाउँदै उनी सेती नदीको खोंचनिर सदाको लागि मातृभूमिको न्यानो काखमा पछारिन पुगिन्। दैवको लीला।
गायिका निरा छन्त्यालले फेसबुक प्रोफाईलमा आफ्नो परिचय यस्तो लेखेकी छिन्- “नारी एउटा सुन्दर फूल हो। यदि सजाउन सक्दैनौ भने टिप्ने आँट पनि नगर।” हुन पनि आफ्नो सुन्दर भौतिक रूप जस्तै आफ्नो गायकी र बिचारले पनि उत्तिकै सुन्दर निरा छन्त्यालको सुन्दर जीवनलाई दैव र सेती बगरको माटोको सुवासले बाहेक टिप्ने हिम्मत गर्न सकेन।
उनी जहाँ छिन्, खुशी छिन् र उन्मुक्त हाँसो हाँसी रहेकि हुनेछिन्, उनले भने झैं- “खोई कुरा त के थियो तर हाँस्न चाहीं गजबले हाँसेको रैछु” सेप्टेम्वर १८, २०२२ को फेसबुक पोष्टबाट उद्दृत। हो, उनलाई उन्मुक्त हाँसो हाँस्न कुनै कारण नै चाहिने थिएन। किनकि उनलाई बेफ्वाँकमा रोएर किमती जीवन बर्वाद गर्नु थिएन।
उनले राजु परियार र लक्ष्मी न्यौपानेको स्वर र कृष्ण देवकोटाको शब्द रहेको एउटा पुरानो लोकदोहोरी गीत “यो मायाको संसार बिचित्र” मा फेरी राजु परियारसंग एक दोहोरी साँझमा गाएकी थिईन्- “हे सब मरिन्छ (मर्ने भन्ने त थाहा छ नि हैन भन्दै) तेई अन्तिम वर्षमा । बाँचुन्जेली बाँचम् न हर्षमा …यो मायाको संसार बिचित्र” । यो हो गायिका निरा छन्त्यालको सदाबहार हाँसोको राज जुन उनले सेती नदीको किनारमा नखसुन्जेल छताछुल्ल पारिरहिन् ।
जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफूचाहिँ भौतिक संसारबाट अलप भएकी छिन् । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचि रहनेछिन् । बुबा मनबहादुर र आमा लिला छन्त्यालको कोखबाट जन्मिएकी निराको निधनपछि उनका परिवार अहिले मिडियामा आएका छन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment