लोकप्रिय गायक सुनिल गिरीले प्रेमीका सँग सुटुक्क बिहे गरे !

 


काठमाडौं : लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन्। हाल जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग सुनिलले लगन गाँठो कसेका हुन् । विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका सुनिल र अन्जुले अन्ततः जर्मनीमै विवाह गरेका हुन् ।

सुनिलले बिहीबार एउटा प्रेमिल गीत सार्वजनिक गर्दै आफुले विवाह गरेको जानकारी गराएका हुन् । सार्वजनिक गरेको ‘भाग्यमानी’ बोलको गीत सुनिलले आफ्नी धर्म पत्नीलाई समर्पण गर्दै आफू वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएका हुन् ।

सुनिल प्रेमिका र मेलोडियस गीत सृजना गर्न र गाउन खप्पिस गायकको रुपमा चिनिन्छन् ।विवाहको खबर बाहिरिएसँगै लाखौं शुभचिन्तकले उनलाई बधाई दिइरहेका छन् ।

Comments