फेरि ह्वातै बढयो सुनको भाउ, यस्तो छ आज प्रति तोला

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढयको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य ४ सयले बढेर प्रति तोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

 शुक्रबार छापावाला सुन प्रति तोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रुपैयाँ कायम भएको छ। नेपाली बजारमा सुनको मुल्य बढेर १ लाख नजिक पुगेको छ। त्यसैगरी, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। 

सुनको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। शुक्रबार सुनको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो

Comments