रोनाल्डो रोएको दृश्य भाइरल भएपछि वर्षाले लेखिन् यस्तो स्टाटस

 


काठमाडौ- युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोका लागि विश्वकप फुटबलको कतार संस्करणको यात्रा टुंगिएको हो । विश्वकप सुरु भएदेखि नै यता अभिनेत्री वर्षा सिवाकोटी रोनाल्डोकी प्रशंसक हुन् ।

पोर्चुगलका प्रत्येक खेल नछुटाई हेर्ने वर्षालाई शनिबारको उक्त खेलले पीडा दियो । रोनाल्डोको फ्यान हुनुको नाताले दुःखी हुनु स्वभाविक पनि हो ।‘यस्तै हो खेलमा, फरेभर पोर्चुगल र क्रिस्टियानो रोनाल्डो,’ वर्षाले खेललगत्तै सामाजिक सञ्जालमा लेखिन् ।

रोनाल्डो बाहिरिए पनि आफू सधैं उनको समर्थनमा रहने भन्दै वर्षाले आफूलाई शान्त तुल्याएकी छन् ।वर्षा यतिबेला मह सिकारको दृश्यावलोकन गर्न लमजुङको भुजुङ गाउँ पुगेकी छिन् । उनले त्यहींबाट विश्वकप हेरेर यस्तो प्रतिक्रिया दिएकी हुन् ।

लमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् । ‘मलाई लाग्दैन कि पश्चाताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् ।

रोनाल्डो महान् खेलाडी हुन् । उनि आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ उनले थपे । रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँछा ११ ‘टच’लिए । पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए ।

Comments