जिन्दगीदेखि हरेस खादै गायिका समीक्षा, किन लेखेकी थिईन यस्तो भाबुक स्टाटस

 


गायिका समीक्षा पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् भन्ने बुज्न सकिन्छ । उनको यो स्टाटसले सोमबार मध्यरातमा गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टयाट्स लेखिन । रोमन अंग्रेजी भाषामा मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन भन्दै तीनवटा रोएको इमोजीसहितको स्टायाट्स समिक्षाकले लेखेकी थिइन् ।

उनको यो पोस्टलाई लिएर अहिले सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् । मध्यरातमा उनले लेखेको उक्त स्टयाट्स भने धेरै फ्यानहरूले हेर्नै पाएनन् । राखेको केही समयमा नै उनले उक्त स्टयाट्स हटाइसकेकी थिइन् । अब म बाँच्न सक्दिन भनेर स्टायाट्स लेखेर हटाएको केहीबेरमा उनले आफ्नो सेल्फि फोटोसहित नयाँ स्टयाट्स राखेकी थिईन ।

उनले त्यसमा भने ‘साइलेन्स र स्माइल निकै पावरफुल टुल’ भन्दै क्याप्सन समेत लेख्न भ्याएकी छिन् । यसअगाडि पनि अदालतले दिने भने १० लाख रुपैयाँ लिने आफ्नो मनसाय नभएको स्टयाटस हटाएको गायिका अधिकारीले अहिले पनि सोही कुरा दोहोर्‍याएकी हुन् । केही समयअघि कलाकारिता क्षेत्रमा एउटा विषयले निकै चर्चा पनि पायो। कुरा थियो शाह र गायिकाको सम्बन्धको।

सामान्यतया सामाजिक धेरै फ्यान फ्लोअर्स भएका सेलिब्रेटी मात्रै हैन आम मानिसहरूले स्टयाट्स लेख्दै मेट्नुलाई भने राम्रो मानिदैन । त्यसैले समिक्षा लगायतलाई हाम्रो सुझाव केही कुरा लेखेर केहीबेरमा हटाउनु र तनाव लिनुभनुदा नखेल्नु नै बेस होला । उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी थिईन तर बेलाबेला सामाजिक संजालमा पीडाका पोस्ट गरु गर्ने गर्छिन ।

Comments