- Get link
- X
- Other Apps
काठमाडौँ । विश्वकपका समुह चरणका खेल सकिदा गोल्डेन बुटको दौडमा अहिले ५ खेलाडी रहेका छन । जसमा फ्रान्सका किलियन एम्बाप्पे, ईङल्याण्डका मार्कस राशफोर्ड, स्पेनका अल्भारो मोराटा, नेदरल्याण्डसका कोडी गाक्पो र इक्वेडरका इनर भलेन्सिया रहेका छन् ।
उनीहरुले ३-३ गोल गरेर गोल्डेन बुटको दौडमा अगाडी रहेका छन् । यी मध्ये इक्वेडर विश्वकपको समुह चरणबाटै बाहिरिएकोले इनर भलेन्सियालाई थप गोल गर्ने अवसर हुने छैन भने अन्य खेलाडीलाई भने थप गोल गरेर अग्रता लिने अवसर रहेको छ ।
त्यस्तै यस विश्वकपमा दुई गोल गरेर दोस्रो स्थानमा रहेका खेलाडी भने १८ जना रहेका छन् । जसमा राउण्ड १६ मा पुगिसकेका र अझै पनि गोल्डेन बुट जित्न सक्ने खेलाडीमा अर्जेन्टिनाका लियोनेल मेसी, ब्राजिलका रिचार्लिशन, ईङल्याण्डका बुकायो साका, फ्रान्सका ओलिभर जिराउड, पोर्चुगलका ब्रुनो फर्नानडेज, जापानका रिटसु दोआन, कोरियाका चो गुए संग, स्पेनका फेरान टोरेज र स्वीजरल्याण्डका ब्रील एम्बोलो रहेका छन् ।
विश्वकपमा गोल्डेन बुट सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ । त्यस्तै दुई खेलाडीले बराबरी गोल गरेमा गोलसहित धेरै असिस्ट गरेको खेलाडीलाई गोल्डेन बुट प्रदान गर्ने फिफाले जनाएको छ । त्यस्तै दुई भन्दा बढी खेलाडीले बराबरी गोल गरेको अवस्थामा भने विश्वकपमा कम मिनेट खेलेको खेलाडीलाई गोल्डेन बुट दिने फिफाले नियम बनाएको छ ।
यस विश्वकपका अहिलेसम्म ४८ खेल सकिएको छ भने कुल १२० गोल भएका छन् । यस विश्वकपमा औसतमा हरेक खेलमा २.५ गोल भएका छन् ।
२०१८ को विश्वकपमा ६ गोल गरेर ईङल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका थिए ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment