- Get link
- X
- Other Apps
काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । तर क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले ५ मिनेट समय बाँकी रहँदा गोल गर्दै खेल पुन: बराबरीमा ल्याएका थिए । त्यही गोलले क्रोएसिया खेलमा फर्कियो र पेनाल्टी शूटआउटमा बाजी मार्यो । यो संगै लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरिएको छ।
एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुने दोस्रो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टीशूटआउटमा हराएको थियो ।
क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे ।
चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका मार्क्विन्होसको प्रहार पोष्टमा लागेपछि क्रोएसियाको जित निश्चित भएको थियो । त्यसअघि निर्धारित ९० मिनेटमा दुई टोलीले गोल गर्न नसकेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।
यो पनि: अब केहीबेरमा हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्नेछन् । तीन पटकको उपविजेता नेदरल्यान्ड्स पछिल्लो दुई विश्वकपमा फाइनल र सेमिफाइनलमा पुगेको छ । नेदरल्यान्ड्स सन् २०१० मा दोस्रो हुँदा २०१४ मा तेस्रो भएको थियो । नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।
सन् २०१४ को उपविजेता अर्जेन्टिनाले सन् १९९८, २००६ र २०१० मा क्वाटरफाइनलका खेल गुमाएका थिए । त्यो हार एकपटक नेदरल्यान्ड्स र दुईपटक जर्मनीसँग थियो । अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध आफ्नो पछिल्लो तीन खेलमा गोल गर्न सकेका छैनन् ।
जसमा एकमा हार र दुईमा गोलरहित बराबरी छ । यि दुई टोली हालसम्म ९ पटक भिडेका छन् । जसमा नेदरल्यान्ड्स ४ खेलमा विजयी भएको छ । २ खेल बराबरीमा सकिदा ३ खेल अर्जेन्टिनाले जितेको छ ।
यि दुई टोलीले पछिल्लोपटक सन् २०१४ को विश्वकपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले पेनाल्टीमा ४–२ को जित निकालेको फाइनलमा पुगेको थियो ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment