काजल अग्रवालदेखि तमन्नासम्म, यस्तो ७ साउथ अभिनेत्रीका अध्यायन

पछिल्लो समय बलिउड भन्दा साउथ (दक्षिण भारतीय) फिल्मको ब्यवसाय राम्रो भइरुहेकोछ । त्यसैले पनि बलिउड स्टारको समेत साउथ फिल्म तर्फ आकर्षण बढ्दोछ । साउथमै पनि थुप्रै अभिनेता अभिनेत्री छन् । जसको फ्यान संसारभर देख्न सकिन्छ । साउथका अभिनेत्रीहरु लुक्सको अलवा अभिनयका माध्यमले फ्यानको ध्यान आफु तर्फ आकर्षण गर्न सफल छन् । अभिनयमा मात्र होइन, साउथ अभिनेत्री अध्यायनमा पनि अब्बल छन् । साउथका चर्चित ७ अभिनेत्रीको यस्तो छ अध्यायन । साउथ फिल्मसँगै बलिउडमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री काजल अग्रवाल आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छिन् । यससँगै उनी पढाइमा पनि अगाडि छन् । उनले मार्केटिङ र एडभर्टाइजिङमा स्नातक गरेकी छन् । अनुष्का शेट्टी : फिल्म बाहुबलीकी अभिनेत्री अनुष्का शेट्टी बलिउड फिल्मकी पनि लोकप्रिय अभिनेत्री छिन् । अहिलेको लागि पढाइको कुरा गर्दा अभिनेत्रीले कम्प्युटर एप्लिकेसनमा स्नातक गरेकी छिन् । उनी ब्यवयायमा पन आवद्ध छिन् । पूजा हेगडे : पूजा हेगडे साउथको अलवा बलिउडमा पनि चर्चित छिन् । उनी पछिल्लो समय फिल्म ‘सर्कस’ को प्रमोशनमा व्यस्त छिन् । पढाइको कुरा गर्दा, पूजा हेगडेले एमएमके कलेजबाट वाणिज्यमा स्नातक गरेकी छिन् । सामन्था रुथ प्रभु तमिल फिल्मकी हिट अभिनेत्री सामन्था रुथ प्रभुले धेरै सुपरहिट फिल्म दिएकी छन् । उनले तमिल फिल्महरूका लागि फिल्मफेयर र नन्दी अवार्डहरू पनि जितेकी छिन् । यतिबेला उनी आफ्नो फिल्म ‘यशोदा’को काममा ब्यस्त छिन् । उनले चेन्नईको स्टेला मारिस कलेजबाट वाणिज्यमा स्नातक गरेकी छन् । तमन्ना भाटिया : दक्षिण भारतकी ‘मिल्की ब्यूटी’ भनेर चिनिने तमन्ना भाटिया पनि टलिउडमा मात्र नभई बलिउडमा पनि आफ्नो पहिचान बनाउन सफल छिन् । महाराष्ट्रमा जन्मिएकी तमन्ना भाटियाले नेसनल कलेजबाट बीए गरेकी छिन् । नयनतारा अभिनेत्री नयनतारा साउथकी शीर्ष अभिनेत्रीमा गनिन्छिन् । कयौं सुपरहिट फिल्ममा आफ्नो उत्कृष्ट अभिनयले छाप छोडेकी नयनताराले मार्ट होम कलेज, तिरुभल्लाबाट अंग्रेजी साहित्यमा स्नातक गरेकी छिन् । रकुल प्रीत सिंह : रकुल प्रीत सिंह साउथकी चर्चित अभिनेत्री हुन् । उनले बलिउडमा पनि आफ्नो छाप छोडेकी छिन् । अध्यायनको कुरागर्ने हो भने रकुलले गणितमा स्नातक गरेकी छिन् । अमर उज्याला

Comments