विबाह गर्न ठिक्क परेका सलिनमान बनियाँ, प्रेमिका विदेश उडेपछि बिहे नै रोकियो

 


काठमाडौँ । ए मेरो हजुर २ र ‘यात्रा’ फिल्ममा काम गरेपछि नायक सलिनमान बनियाँको चर्चा फिल्मी क्षेत्रमा चुलियो ।हत्तपत्त फिल्ममा साइन नगर्ने सलिन पछिल्ला दिनमा कामका कारण भन्दा पनि प्रेम र विबाहका कारण मिडियामा छाउन थालेका छन् ।

सलिन र उनकी प्रेमिमका अस्प्रिना जिन्हाको बिहेको खबर बेला बेलामा चर्चामा आउन थालेको छ । बुधबार नायक सलोन बस्नेतको बिहे पार्टीमा पुगेका सलिनले २ बर्ष बिहे नहुने बताएपछि कारण खोज्दै जाँदा उनकी प्रेमीका बिदेश उडेपछि विबाह तत्कालका लागि रोकिएको रहस्य बाहिर आयो ।

सलिनले प्रेमिका अस्प्रिना अध्ययनका लागि विदेश उडेपछि बिहेको सोच तत्काल स्थगीत भएको बताएका हुन् । सलिनका अनुसार, अस्प्रिना अध्ययनका लागि सिंगापुरमा छिन् । उनी मेकअप सम्बन्धी कोर्स गर्न गएका कारण केही समयका लागि विबाह रोकिएको रहस्य खोले ।सलिन र उनकी प्रेमिका अस्प्रिनाबिच इन्गेजमेन्ट भैसकेको खबर पनि सार्वजनिक भएको थियो । सलिन पछिल्ला दिनमा अभिनयमा सक्रिय छैनन् ।

सलिनले भने–‘अब म चलचित्र क्षेत्रमा निरन्त लाग्छु । कुनै राम्रो कथाका लागि केही समय पखाई हुनसक्छ । तर, चलचित्र क्षेत्र नै छाड्छु भन्ने सोच अब ममा विकसित हुनेछैन ।’ सलिनले चलचित्र ‘यात्रा’ले दर्शकलाई मनोरञ्जन मात्र नदिएर केही सामाजिक सन्देश पनि दिने स्पष्ट पारे ।

उनले, प्रेमिकासँग चाडै बिहे गर्ने पनि फ्यानलाई जानकारी दिएका छन् । यस्तै, एक फ्यानले अब ड्रेसअप परिवर्तन गर्नुहोस् भनेर आग्रह गर्दा उनी भन्छन–‘चलचित्रको पर्दामा मैले ड्रेसअप परिवर्तन गर्नुपर्ने भूमिका आयो भने म गर्छु । तर, अरु समयमा म आफूलाई सहज हुने पहिरन लगाउँछु ।’

Comments