धन कमाउन रोमानिया गएका झापाका विकाशलाई साथीहरुले निर्घात रुपमा कुटेपछि कोमामा पुगे, घटना सुनेपछि परिवारमा रुवाबासी
- Get link
- X
- Other Apps
झापा – स्वदेशमै केही गरिखाने र कमाइ गर्ने अवसर भए कसैलाई विदेश जाने रहर हुँदैन । दुःखसुख जे गर्नुपरे पनि अथवा जे सहनुपरे पनि स्वदेशमा जस्तो आनन्द र सुरक्षित महसुस विदेशमा पक्कै हुँदैन । स्वदेशमा ऐय्या भन्दा कठै भन्नेहरू धेरै भेटिन्छन् । तर, विदेशमा त मरे पनि चासो दिने कोही हुँदैनन् । यस्तो थाहा पाईपाई कमाउनकै लागि मात्र विदेश जाने रहर कसैलाई हुँदैन ।
रोमानियामा गएका एक नेपाली युवा कोमामा उपचाररत छन्। वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना टिमिसोराआ हस्पिटलमा १८ दिनदेखि अचेत अवस्था उपचाररत रहेका छन् । कार्तिक ३० गते करिब राति १० बजेको समयमा विकाशलाई ६ देखि ७ जना नेपाली युवाहरूले बाटामा छेकेर निर्घात रूपमा कुटपिट गरेपछि गम्भीर घाइते बनेका थिए ।
चार दिनअघि मात्र विकाशसँगै त्यहाँ बस्दै आएका साथीले फोन गरेर यो घना सुनाउको विकासका बुवाले बताए । घटना सुन्ने बित्तिकै परिवार मुछिृत बनेको बताइएको छ । विकाशलाई नेपाली युवाहरू नै किन र के कारणले कुटपिट गरेको भनी उनको साथीले पनि घटना खुलाएर भन्न नसकेको बुवाले बताए ।
घरको जेठो छोरा विकास पढाइ पूरा गरी ६ महिनाअघि मात्र रोमानिया गएको थियो। अहिले छोराको स्वास्थ्य अवस्था कस्तो छ, कुन हालतमा छ। त्यहाँ गएर बुझ्ने हामीसँग सामर्थ्य पनि छैन उनले भने ।नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको परिवारको भनाइ छ।
स्वदेशमा अवसर नपाउँदाको अवस्थामा विकल्पका रूपमा मात्रै विदेशलाई रोजेका हुन् युवाले । युवा मनले भन्छ, स्वदेशमै केही गर्न पाऔं । तर, राज्यले नै युवालाई केही गर्ने र केही बन्ने अवसर नदिँदा हरेक वर्गका युवा विदेश पलायन भएका हुन् । विदेश जाने युवामा शिक्षित र दक्षमात्रै छैनन् । पछिल्लो समय निरक्षरदेखि सामान्य साक्षर युवा पनि अवसरको खोजीमा बिदेसिएका छन् र बिदेसिन खोज्दै छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment