- Get link
- X
- Other Apps
फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए ।
क्लब फुटबल र युरोपियन प्रतियोगिता जितेका रोनाल्डोको अन्तिम लक्ष्य विश्वकपको उपाधि उचाल्नु थियो। त्यसैले उनले यो विश्वकपलाई आफ्नो अन्तिम विश्वकप र उपाधि जित्नका लागि अन्तिम अवसर भएको बताउँदै आएका थिए। उमेरले ३७ वर्ष नाघिसकेका रोनाल्डोले उमेरका कारणले पनि अन्तिम विश्वकप भन्दै आएका थिए।
फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो ।
पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो । पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो मोरक्को विरुद्धको खेलमा पनि पहिलो हाफमा बेञ्चमा रहेका थिए। तर गोल खाएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाएका थिए । अब अर्को खेल आज मध्यरात १२:४५ बजे हुनेछ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment