- Get link
- X
- Other Apps
पेलेको अवस्था थप जटिल बन्दै – विश्वकपको उपाधि जितेका ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ ।
उनको केमोथेरापी उपचारको पुनः मूल्यांकन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट््युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ । उनलाई श्वासप्रश्वासको संक्रमण भएको समेत उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । यस महिनाको सुरुमा पेलेलाई जीवनको अन्तिम हेरचाहमा राखिएको रिपोर्टलाई अस्वीकार गर्दै पेलेका छोरी केली नासिमेन्टो र फ्लाभिया अरेन्टेसले उनको स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई आश्वस्त पार्न खोजेका थिए ।
‘एडसन एरेन्टेस डो नासिमेन्टोले क्यान्सर रोगको प्रोग्रेसन देखिएको र मृगौला र कार्डियक डिसफंक्शनसँग सम्बन्धित थप हेरचाहको आवश्यकता’ रहेको अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । अस्पतालले विज्ञप्ति जारी गरेको केही मिनेटपछि नासिमेन्टो र अरेन्टेसले आफ्ना बुबा क्रिसमसको लागि घर नजाने इन्स्टाग्राममा उल्लेख गरेका छन् ।
आन्द्राको क्यान्सरबाट पीडित पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेको छ । ब्राजिली सन्चारमाध्यमले जनाएकअनुसार ८२ वर्षीय पेले अस्पताल भर्ना भएका थिए । यो भनेको जीवनको अन्तिम अवस्थामा रहेकाहरुलाई गरिने हेरचाह हो । उनले ब्राजिल टिमबाट सन् १९५८, १०६२ र १९७० को विश्वकप उपाधि उचालेका थिए । उनले ब्राजिलियन क्लब सान्तोषका लागि ६५९ खेलमा ६४३ गोल गरेका छन् भने राष्ट्रिय टिमका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment