- Get link
- X
- Other Apps
फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ४२ औं मिनेटमा मोरक्कोका यौसुफ एन नेसिरीले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो । पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो । पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो ।
पहिलो हाफमा बेन्चमा बसेका पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको मैदानमा इन्ट्री भएको थियो । पहिलो रोजाइमा नपरेका उनले दोस्रो हाफमा भने मैदानमा प्रवेश पाएका थिए । यद्यपि खेल सकिदा पोर्चुगल १–० ले पछि परेको छ। पोर्चुगलविरुद्ध जारी विश्वकपको क्वार्टरफाइनलमा ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गोल गरेका हुन् ।
अल थुमामा रंगशालामा जारी क्वार्टरफाइनल खेलमा पहिलो हाफमा गोल खाएपछि पोर्चुगल दबाबमा परेको थियो । तर, दोस्रो हाफमा रोनाल्डोको मैदान प्रवेशसँगै मैदानमा दर्शकले हुटिङ गरेका थिए । यस जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment