- Get link
- X
- Other Apps
सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको नयाँ गीत ‘चोट’ रिलिज भएको छ। प्रत्यक्ष घम्साघम्सी दोहोरीकी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवन कहानीमा आधारित गीतमा गायिका बबिता बानियाँ ‘जेरी’को शब्द सृर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना छ।
गीतमा राजु परियार र पूर्णकला बिसीको आवाज छ । गीतको म्युजिक भिडिओमा गायिका बनिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ जसमा स्मृति तिमिल्सिना ‘गुरूआमा’को कथावस्तु एवम् निर्देशन छ।
गित रिलिज भएको २४ घण्टा नपुग्दै ३ लाख ५० हजारभन्दा बढीले हेरेका छन्। शुक्रबार मात्रै ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए।
उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment