विवाह गरेको महिना दिन नहुँदै सलोन बस्नेतलाई आयो खुसिको खबर !

 


काठमाडौं । सलोन बस्नेत र करिश्माको बिवाह भएको केहि समय मात्र भयो । सलोनलाई विवाह फापेजस्तो देखिन्छ । उनी एकपछि अर्को फिल्ममा अनुबन्धित हुन थालेका छन् । उनका बुवा तथा निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’को निर्देशकमा सलोन यसअघि नै फाइनल छन् । यो फिल्मलाई टेक पौरखी राईले निर्देशन गर्ने भएका छन् ।

गत महिना रिलिज भएको फिल्म ‘मिलन’पछि निर्देशक राई र अभिनेता बस्नेतबीच दोस्रोपटक सहकार्य हुन लागेको हो । सोमबार निर्माण कम्पनी सलोन-सलिना फिल्म्स र निर्देशक राईबीच लिखित सम्झौता भएको छ । चित्रकार समेत रहेका राईका चित्र विदेशमा समेत बिक्री हुने गरेका छन् ।

माघ अन्तिम सातादेखि छायांकन सुरु हुने फिल्मलाई काठमाडौं, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिने भएको छ । फिल्मका अन्य कलाकार चाँडै फाइनल गरिने जनाइएको छ । एक्सन लभस्टोरी फिल्ममा सागर आले मगरले संगीत भर्नेछन् । सागर ‘नेपाल आइडल सिजन १’का थर्ड रनरअप हुन् । ‘जय हो’मा राज अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् ।

भुवन केसीको चलचित्र ‘नेपालीबाबु’ मा बालकलाकारको भूमिका निर्वाह गर्दै अभिनय क्षेत्रमा आएका सलोन बस्नेत पुराना निर्देशक सोभित बस्नेतका छोरा हुन् । बालकलाकारका रूपमा चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका सलोन शिव रेग्मीद्वारा निर्देशित ‘हामी तीन भाइ’ पछि बालकलाकारका रूपमा देखिन छाडे ।

त्यसपछि करिब आठ वर्ष अभिनय क्षेत्रबाट टाढिएका सलोनले अघिल्लो वर्षको सफल चलचित्र ‘होस्टल’ बाट अभिनेताका रूपमा डेब्यु गरे । ‘होस्टल’ को व्यवसायिक सफलतासँगै चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल सलोनले त्यसपछि लक्ष्मण सुवेदीको ‘एउटा साथी’ तथा गोविन्द शाहीको ‘आभाष’ मा अभिनेताका रूपमा काम गरे ।

Comments