गायिका जेरीले पुराना याद सम्झीदै डिभोर्सपछि पूर्व श्रीमान सहितको तस्बिर र स्टाटस राख्दा भयो भाईरल

 


केहि समय अगाडी लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको थियो । उनीहरूले काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन्।उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको थियो।

सम्बन्ध विच्छेद गरेपछि बबिता बानियाँ ‘जेरी’ले मिडियासँग कुराकानी गर्दै पैसाको कुरामा मतभेद भएको बताएकी थिइन्।‘उहाँले मलाई भन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नु भएको रहेछ। मैले कमाएको पैसा उहाँको आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो।

पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं।’ उनले भनेकी छन् ‘तँ सँग विवाह गरेर मेरो बदनाम भयो। मलाई कस्ता–कस्ता केटीले कुरेर बसेका थिए। न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै मानसिक यातना दिइरहनु हुन्थ्यो,’ उनले भनेकी छन्।जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए। उनले आज फेरि श्रीमान सहीत छोरीको फोटो सेयर गरेकि हुन् तितै भएनी अतीत र सत्य नकार्न सकिदोरहेनछ तस्बिर पुरानै भनेकी छिन्।

उनको उक्त यस फोटोमा विभिन्न खाले कमेन्टहरु पनि आईरहेका छन् । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो । तर अहिले भने उनीहरुको डिभोर्स भएको केहि समय मात्रै भएको छ ।

Comments