- Get link
- X
- Other Apps
एनेज्सी – बलिउड चर्चित अभिनेत्री आलिया भट्ट यस्ती नायिका हुन् जुन आफ्नो विवादास्पद बोलीका कारण सधैं चर्चामा आउने गर्दछिन् । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ।
तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । आलियाकी आमा सोनी राजदान ब्रिटिशमा जन्मिएकी एक भारतीय अभिनेत्री हुन् । सोनीले महेश भट्टसँग १९८६ मा बिहे गरेकी थिइन । भने आलिया १९९३ मा जन्मिएकी थिइन्। ६२ वर्षीय सोनी र आलियाको अनुहार उस्तै उस्तै रहेको छ ।
यो पनि: सकियो अन्तर्राष्ट्रिय नाट्य महोत्सव, काठमाडाैँ । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’को दोस्रो संस्करण सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि काठमाडौँस्थित मण्डला नाटकघरमा महोत्सव आयोजना गरिएको थियो । ।
अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, “सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु । मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ । ”
मण्डलालाई कलेजको रूपमा सञ्चालन गर्ने तयारीलाई समेत सघाउने उहाँले जानकारी दिनुभयो । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तक्र्रिया, मास्टरक्लास पनि गरिएको थियो । समापन कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीको सहभागिता रहेको थियो ।
महोत्सवका निर्देशक सिर्जना सुब्बाले महोत्सवले रङ्गमञ्चलाई नयाँ ऊर्जा दिन सकेको बताउनुभयो । समापनका दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो । आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन भएको थियो ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment