फुटबल स्टार क्रिस्टियानो रोनाल्डो जनवरी १ बाट साउदी क्लबमा आबद्ध हुने

 


क्रिस्टियानो रोनाल्डो पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा म्यान्चेस्टर युनाइटेडका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्। उनी पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी’ ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डि’ओर जितिसकेका छन्।

उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ७९० भन्दा बढी गोल गरिसकेका छन्।

अब, उनि जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्। रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डोले कतार विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए।

यसअघि च्याम्पियन्स लिग खेलिरहेका क्लबले नै रोनाल्डोलाई आफ्नो टोलीमा भित्र्याउन प्रयास गरिरहेको समाचार आइरहे पनि अल नासरले सुरुवातदेखि नै रोनाल्डोलाई टोलीमा ल्याउन इच्छा देखाउँदै आएको थियो। साउदी अरेबियाको क्लबसँगको समग्र वार्षिक सम्झौताको आकार प्रति सिजन करिब २० करोड युरोको हाराहारीमा रहनेछ। पीएसजीका स्टारहरु लियोनेल मेस्सी र नेयमारको आम्दानी भने प्रति सिजन ७ करोड ५० लाख र ७ करोड युरो रहेको छ।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ। उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोले पुर्तुगाल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रूपमा युइएफए युरो २०१६ जिताएका थिए। उनी पुर्तुगालको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन्।

Comments