- Get link
- X
- Other Apps
कपिलवस्तु – कलाकार दुर्गेश थापामाथि ढुंगा प्र’ हार भएको छ । चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि आ’ क्रमण भएको हो । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार आकर्षणको रूपमा रहेका आएका कलाकार दुर्गेशको प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएको हो ।
मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आ’ क्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए। थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्र’ हार गरेको हुनसक्ने अनुमान रहेको छ।
यो पनि: नेपथ्यको लाइभ कन्सर्ट आज काठमाडौँमा, काठमाडौँ – मानवता प्रवर्द्धनका लागि महिनाव्यापी रूपमा आयोजना गरिएको सङ्गीत यात्राको अन्तिम कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ शनिबार काठमाडौँमा हुँदैछ। काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा शुक्रबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त कन्सर्टको तयारीबारे जानकारी गराइएको थियो।
नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङसँगको चियापान तथा भेटघाट कार्यक्रममा आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अन्य नौ सहरमा भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रमअन्तर्गत शनिबार भृकुटीमण्डपमा हुने अन्तिम कन्सर्टमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै छ हजार दर्शकको उपस्थिति रहने जानकारी दिए। कार्यक्रमको तयारी करिब सकिएको पनि उनले सुनाए।
उनले सङ्गीतमार्फत मानवता प्रवर्द्धन गरी सडक आश्रित बेसहारा व्यक्तिहरूलाई सडकको चिसो छिँडी र सडकपेटीमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने सङ्गीत अभियान चलाइएको जानकारी दिए। उक्त समारोहमा नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताए।
उनले धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै काम गर्नेहरूलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन अभियान अघि बढाउन आग्रह गरे। समारोहमा आश्रमका संरक्षक तथा समाजसेवी राधिका शाक्यले आश्रमको भवन निर्माणका लागि नागर्जुनमा जग्गा प्राप्त भएकाले छिटोभन्दा छिटो भवन निर्माण सम्पन्न गरी काठमाडौँका सडक आश्रित मानवहरूको व्यवस्थापन अति जरुरी रहेकाले सम्बद्ध निकायको ध्यानाकर्षण गराए।
उनले रानीवनको भवनमा सुकुम्वासी राख्नुपर्नेमा आश्रम राखिएको भनेर केही आलोचना सुनेको स्मरण गर्दै भने, “ती सुकुम्वासी भन्दा पनि यहाँ बस्ने मानिस झन् सुकुम्वासी हुन् जसको कोही छैन, जसको केही छैन, उनीहरू रहेका छन्।” उनले स्वच्छ मनले काम गर्दा पनि कतिपय मानिस आ–आफ्नै स्वार्थमा लागेर अनावश्यवक बखेडा निकाल्नु राम्रो नहुने बताए।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा मानबहादुर विकेले आश्रमले विसं २०८२ सम्ममा सडक आश्रित मानवमुक्त देश बनाउने लक्ष्य लिएकाले त्यो लक्ष्य पूरा भयो भने नेपाल विश्वमै मानवीयताको पहिलो देश हुने बताए। उनले अहिले मानवताका लागि सङ्गीत भनेर जुन सङ्गीत यात्रा भइरहेको छ, यसले सङ्गीतमार्फत मानवता प्रवर्द्धनमा एउटा नयाँ सिद्धान्त निर्माण भएको प्रतिक्रिया दिए।
विसं २०६९ मा स्थापना भई सडकका असहाय तथा बेवारिसे नागरिकको उद्धार अभियान थालेको आश्रमले हालसम्म झण्डै आठ हजार नागरिकलाई सडकबाट उद्धार गरिसकेको छ। हाल एक हजार छ सय सडक आश्रित मानव आश्रमका विभिन्न शाखामा संरक्षित छन्। झण्डै एक हजारलाई परिवारमा पुनर्मिलन गराइसकेको छ।
देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी विसं २०८२ सम्ममा मुलुकका सडकपेटीमा बेवारिसे मानिस नरहने अवस्था निर्माण गर्ने योजनाका साथ काम गरिरहेको छ। यसपटकको सङ्गीत यात्राको अन्तिम उद्देश्य पनि विसं २०८२ सम्मको लक्ष्य पूरा गर्नु रहेको जनाइएको छ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment