- Get link
- X
- Other Apps
अभिनेता सलोन बस्नेत अभिनयका कारण जसरी चर्चामा रहन्छन् । तर पछिल्लो समय भने विवाहको कारण सलोन र करिस्मा नेकै चर्चामा आए । अहिले यी नयाँ चर्चित जोडी अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएको यहि शनिवार हो । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो कसेका हुन् ।
उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भएको थियो । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए । सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
विवाहपूर्व शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए । संगीत कार्यक्रममा सलोन अभिनेता सलिनमान बनियाँको काँधमा चढेर नाचेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।
यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन् । पेशाले एयर होस्टेस भए पनि करिश्माले विभिन्न व्यवसायमा समेत हात हालेकी छन् । उनले अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालासँग मिलेर दरबारमार्गमा एक कोरियन रेस्टुरेन्ट चलाउँदै आइरहेकी छन् । यतिबेला उनी श्रीमतीसँग टिकटक मा रमाईरहेका छन्।
- Get link
- X
- Other Apps

Comments
Post a Comment