गोलकाे बर्षा गर्दै पोर्चुगल अन्तिम ८ मा प्रवेश, स्तब्ध बन्यो स्विट्जरल्यान्ड..,

 


स्विट्जरल्यान्ड वि`रुद्ध गोल बर्षा गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा पोर्चुगलले अन्तिम १६ को खेलमा ६–१ को फराकिलो जित दर्ता गर्यो । पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे ।

पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआओ र पेपेले १–१ गोल गरे । १७ औं मिनेटमा रामोसले जोआओ फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । उनले बायाँ खुट्टाले गरेको प्रहार निअर पोस्टमा गोल भएको थियो ।

कार्यवाहक कप्तान पेपेले ३३ औं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए । ५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे । उनले डालोटको क्रसलाई पहिलो टचमा गोलरक्षक यान सोमरको खुट्टा मुनिबाट गोलको दि` शा दिए । ५५ औं मिनेटमा राफाएल गुरेरोले रामोसकै पासमा गोल गरे ।

त्यसको केहीबेरमै म्यानुएल अकान्जीले स्विट्जरल्यान्डका लागि गोल फर्काए । ६७ औं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

Comments