राजुको टिमका करण राईले जिते ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि


 काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको बिजेता करण राई बनेका छन् । शुक्रबारको फाइनलमा करण राई बिजेता बनेका हुन् । राजु लामाको समूहबाट करण बिजेता भनेका हुन् । शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको समूहबाट सविना लिम्बू दोस्रो भएकी छिन् ।

प्रमोद खरेलको समूहबाट योगेश टप ३ मा पर्न सफल भएका छन् भने प्रविशा अधिकारीको समूहबाट शाइल लिम्बू चौथो भएका हुन् । शनिबार भ्वाइसका पूर्वविजेता किरण गजमेरले पनि सांगीतिक प्रस्तुति दिएका थिए । भ्वाइसको चौथो सिजन हिमालय टीभीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

आज सम्पन्न भएको फिनालेबाट ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ बिजेता करण राईले विजेता प्राप्त गरे । उपाधिको लागि प्रमोद खरेलको समूहबाट योगेश मगर, राजेशपायल राईको समूहबाट सविना योङहाङ, राजु लामाको समूहबाट करण राई र प्रविशा अधिकारीको समूहबाट शाइल लिम्बू गरी चार प्रतिस्पर्धीहरु भिडेका थिए ।

अधिकतम भोट प्राप्त गर्ने प्रतिस्पर्धी करण राईको हातमा आज भ्वाइसको उपाधि आयो । करिब डेढ महिनाअघिदेखि सुरु भएको भ्वाइसको यस चौथो संस्करणमा ४२ हजारले आवेदन दिएका थिए।

Comments