- Get link
- X
- Other Apps
काठमाडौं । हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् । उनीहरले बिहबिार छोरी छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो दिएका हुन् । गुन्यु चोलामा कालकाहरुको पनि उपस्थिती रहेको थियो ।
कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको उक्त तस्वीरमा सिताराम, कुञ्जना र छोरी सुबिहानी निकै खुशी देखिएका छन् ।
सिताराम र कुञ्जनाको एक मात्र सन्तानको रुपमा रहेकी सुबिहानी ९ वर्षकी भएकी छन् । गुन्यू चोलो लगायदा शुबिहानी निकै सुन्दर देखिएकी थिइन् । सामाजिक संजालमा छोरी सुबिहानीसँग धुर्मुस सुन्तली नाँचेका दृष्य भाइरल बनेका छन् ।
यो पनि पढ्नुहोस – आमिर खानको गेटअप देखेर फ्यानहरु परे छक्क : बुधबार मुम्बईमा काजोलको आगामी फिल्म सलाम भेन्कीको विशेष स्क्रिनिङ आयोजना गरिएको थियो । फिल्म सलाम भेन्कीको स्क्रिनिङमा धेरै सेलिब्रेटीहरू उपस्थित थिए, पूरै वातावरण बलिउड स्टारहरूले चम्किरहेको थियो। फिल्ममा काजोलको फना सह कलाकार आमिर खान, क्रिकेटर युवराज सिंह, तनुजा, तनिशा मुखर्जी, शरद केलकर र बजरंगी भाइजानको मुन्नी हर्षाली मल्होत्रा बाहेक अन्य स्टारहरू उपस्थित थिए।
भेन्कीलाई रेवतीले निर्देशन गरेका हुन्।पछिल्लो पटक सन् १९९१ मा सलमान खानको अपोजिट फिल्म ‘लभ’ मा देखिएकी रेवती यही फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछिन् । यस फिल्ममा विशाल जेठवा काजोलको बिरामी छोराको भूमिकामा देखिनेछन् । विशाल जेठवा आफ्नो सम्पूर्ण परिवारका साथ सलाम भेन्की स्क्रिनिङमा पुगे । विशालकी आमा रेशमी साडीमा न्यानो देखिएकी थिइन् भने भाइ शान्त देखिए ।
अभिनेत्री मधुको लुकको कुरा गर्दा उनी कूल लुकमा काउ ह्याट लगाएकी थिइन् । यसबाहेक दृश्यम–२ फेम इशिता दत्त आफ्ना प्रेमी वत्सल सेठसँग देखिएकी थिइन् । शा देओल र शरद केलकर पनि कूल लुक्समा देखिएका थिए।सबैभन्दा पहिले फिल्मकी मुख्य नायिका अर्थात् काजोलको कुरा गरौं, काजोल स्क्रिनिङको क्रममा ग्रे र रातो साडीमा निकै सुन्दर देखिएकी थिइन् ।
काजोल बाहेक, फिल्मका निर्देशक रेवती सेतो र सुनौलो रेशमी साडीमा आकर्षक देखिइन् भने काजोलको बिरामी छोराको भूमिका निभाएका विशाल जेठवा सबै कालो लुकमा देखिए। फिल्म ‘सलाम भेन्की’ मा आमिर खानको पनि सरप्राइज रोल छ । आमिर सेतो कपाल र दाह्रीको साथ डेनिम ज्याकेट र मिल्दो प्यान्टमा आइपुगे।
आमिर खानलाई देखेर फ्यानले भने, ‘उनी बूढो भइसकेका छन्, दाढी फालेपछि जवान देखिन्छन् । युवराज कालो शर्टमा निलो डेनिममा सुन्दर देखिन्थे । काजोलकी आमा तथा दिग्गज अभिनेत्री तनुजा र बहिनी तनिषा मुखर्जी पनि स्क्रिनिङमा सहभागी भएकी थिइन् । तनुजा नीलो साडीमा थिइन् भने तनिषा रफल भएको सेतो साडीमा थिइन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment