सचिन परियारको पछिल्लो स्वास्थ्य अवस्थामा केहि सुधार, ठुलोबाबा म सन्चै छु भन्दा कृष्ण कंडेल खुसिले गदगद (भिडियो)

 


काठमाडौं । युट्यूवबाट भाइरल भएका बालक सचिन परियार गम्भीर बिरामी भएका छन् । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको आइसीयूमा राखेर भइरहेको छ । चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । अहिले उनलाई सास फेर्न कठिनाइ भइरहेको छ भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् ।

सचिनलाई भेट्न अहिले कृष्ण कडेल पुगेका छन् । अहिले भने उनको स्वास्थ्यमा केहि सुधार भएको जस्तो देखिन्छ । उनलाई पहिले पनि पिशाब चुहिने समस्या थियो । अहिले पनि उनको पिशाब नियन्त्रण हुन नसक्नेको चिकित्सकले बताएका छन् । उनी पहिलेदेखि अत्यधिक पानी पिउने गर्थे । शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे ।

उमेरले १२ वर्ष पुगिसके पनि उनी ५–६ वर्षका जस्तै देखिन्छन् । तर, बोलीचालीमा भने चतुर छन् । उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्शकले मन पराए । भाइरल भएको बेला धेरै युट्युवरहरु उनको पछिपछि कुदेका थिए । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ ।

सचिन अस्पतालमा छट्पटाइरहँदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् । छोरा बिरामी भएको खबर स्कुलबाट पाएपछि पोखरामा रहेकी आमा काठमाडौं आएकी छन् । उनले छोराको उपचारका लागि आफूसँग आर्थिक अभाव रहेको बताइन् । यससँगै सचिनको नाममा पैसा उठाउने युट्यूवरहरुबीच प्रतिस्पर्धा सुरु भएको छ ।


Comments