- Get link
- X
- Other Apps
काठमाडौं।
विश्वकपको क्वार्टरफाइनलमा आफ्नो देश क्रोएसियासँग पराजित भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी पेले एक महत्वपूर्ण सन्देश दिएका छन्। पाँच पटकको च्याम्पियन क्रोएसियासँग ब्राजिल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो। धेरै ब्राजिलका फ्यानहरू निराश भएका छन्।
निर्धारित समयमा गोलरहित भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै साविक विजेता क्रोएसिया सेमिफाइलनमा पुगेको हो।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।
रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो । त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।
नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । यसअघि २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग २–१ ले पराजित हुँदै अन्तिम ८ बाटै बाहिरिएको थियो। विश्वकपको सुरुवातदेखि नै हरेक संस्करणमा सहभागिता जनाउने ब्राजिल एक्लो टोली हो।
पेलेले आफ्नो कीर्तिमान बराबर गरेकोमा सुरुवातमा नेयमारलाई बधाई दिएका छन्। नेयमारले ब्राजिलका लागि ७७ गोल गर्दै पेलेको रेकर्ड बराबर गरेका थिए। ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमार मैदानमा केहीबेर रोएका थिए। टोलीका साथीहरूले उनलाई पिचमा सान्त्वना दिन खोज्दा नेयमारको आँसु झरेको थियो।
पेरिस सेन्ट–जर्मेनका फरवार्डसमेत रहेका नेयमारले आफ्नो १२४औं म्याचमा राष्ट्रिय टोलीका लागि ७७ गोलको आधिकारिक कीर्तिमान बराबर गरेपछि ८२ वर्षीय पेलेले नेमारलाई सुन्दर सन्देश दिएका हुन्।
‘मैले तिमीलाई बढ्दै गरेको देखेको छु, म हरेक दिन तिम्रो लागि खुशी थिएँ र म अन्तमा ब्राजिलसँग मेरो गोलको संख्यामा पुग्नको लागि तिमीलाई बधाई दिन सक्छु। हामी दुबैलाई थाहा छ कि यो एक आंकडाभन्दा बढी हो,’ ८२ वर्षीय पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘एथलीटको रूपमा हाम्रो सबैभन्दा ठूलो कर्तव्य प्रेरणा दिनु हो। हाम्रा आजका टोलीका साथीहरूलाई आगामी पुस्ताहरू र सबैभन्दा माथि हाम्रो खेललाई माया गर्ने सबैलाई प्रेरित गर्नुहोस्।’
उनले अगाडि थपे, ‘दुर्भाग्यवश यो हाम्रो लागि सबैभन्दा खुसीको दिन होइन। मेरो रेकर्ड लगभग ५० वर्ष पहिले सेट गरिएको थियो र अहिलेसम्म कोही पनि यसको नजिक पुग्न सकेन। तिमी त्यहाँ पुग्यौं। यसले तिम्रो उपलब्धि कति ठूलो छ भनेर देखाउँछ।’ यो अद्भुत सन्देशले सामाजिक सञ्जालमा फ्यानहरूको मन छोएको छ।
ब्राजिलियन स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने पनि संकेत गरेका छन्। विश्वकपबाट बाहिरिएपछि नेयमारले संन्यासको योजना बनाएको बताइएको छ।
नेयमारले पनि यस विषयमा सोच्ने बताएका छन्। ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्कने शतप्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन,’ ३० वर्षीय नेयमारले भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ, मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’ नेयमारले १८ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
- Get link
- X
- Other Apps

Comments
Post a Comment