- Get link
- X
- Other Apps
कतार । कतारमा जारी फिफा विश्वकप खेलको क्रममा चोटको सिकार बनेको ब्राजिल फुटबल टिमका लागि राहत मिलेको छ । घाइते रहेका नेइमार ब्राजिलको राउण्ड १६ को खेलका लागि उपलब्ध हुने भएसंगै राहत मिलेको हो ।
ब्राजिलका प्रशिक्षक टिटेले राउण्ड १६ मा दक्षिण कोरियाविरुद्ध नेइमारमा मैदानमा उत्रने जानकारी गराएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
नेइमार ब्राजिलको विश्वकपको पहिलो खेलमा सर्बियाविरुद्ध घाइते भएपचि ब्राजिलका त्यसपछिका खेलहरु गुमाएका थिए । नेइमार ठिक भएर ब्राजिल टिमको प्रशिक्षणमा फर्किइ सकेका छन् ।
ब्राजिल समुह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएपनि राउण्ड १६ मा समुह ‘जी’ को विजेता हुदै राउण्ड १६ मा पुगेको छ ।
ब्राजिल जारी विश्वकपमा आफ्ना प्रमुख दुई खेलाडी गाब्रियल जिसस र एलेक्स टेल्लेस घाइते भएपछि संकटमा परेको बेला नेइमार मैदानमा फर्किने भएपछि उत्साहित भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यो पनि पढ्नुहोस्,
मेस्सी चम्किएसंगै अर्जेन्टिना प्रवेश गर्यो अर्को राउण्डमा, अष्ट्रेलिया भयो आउट
दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना अष्ट्रेलियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को अन्तिम ८ मा प्रवेश गरेको छ । हमद बिन अली रंगशालामा अर्जेन्टिनाले २–१ को जितका साथ विजयी भएको हो ।
क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भेट पक्का गरेको छ । कप्तान लिओनल मेस्सीले आफ्नो करिअरको १ हजार खेलमा उत्कृष्ट प्रदर्शनसहित सुरुवाती गोल गरेपछि अर्जेन्टिनाको जित सम्भव भएको थियो ।
अर्जेन्टिनाका लागि दोस्रो हाफमा जुलियन अल्भारेजले गोल थपे ।
अन्त्यतिर अष्ट्रेलियाले गोल फर्काए पनि नतिजा बदल्न पर्याप्त रहेन
- Get link
- X
- Other Apps

Comments
Post a Comment