- Get link
- X
- Other Apps
विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ। फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो।विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ।
मेस्सीले देशलाई ३६ वर्षपछि विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए। उनले त्यसक्रममा सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए। अहिले अर्जेन्टिना विश्वकपको खुसीमा झुमेको छ। त्यहाँको राजधानी ब्युनसआयर्सकै सडकमा करिब ५० लाख मानिस निस्किएर खुसीयाली मनाएका थिए।
तेस्तै, विश्वकप च्याम्पियनलाई स्वागत गर्न अर्जेन्टिनाको राजधानी व्युनस आयर्समा मंगलबार लाखौं समर्थक सडकमा भेला भएका छन् । खेलकुद टोलीको बस व्युनस आयर्समा पुग्दा भिड नियन्त्रण गर्न सुरक्षा बललाई हम्मे हम्मे परेकाे थियो ।
विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो । अर्जेन्टिनाको फुटबल जर्सीको नीलो र सेतो लुगा लगाएका झण्डा बोकेका लाखौँ मानिस प्रतिष्ठित ओबिलिस्क स्मारक नजिकै सडकमा भेला भएका थिए । विभिन्न ठाउँमा अर्जेन्टिनाका फुटबल प्रशंसकहरू राष्ट्रिय र क्लब टोलीको जित मनाउन पनि भेला हुन्छन् ।
टोलीको सम्मानमा ४० लाख प्रशंसक भेला भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment