२० बर्षको कलिलो उमेरमै अस्ताईन भारतीय अभिनेत्री टुनिशा शर्मा

 


टिभी अभिनेत्री टुनिषा शर्मा शनिबार मुम्बईको वसईमा सेटमा मृत फेला परेकी थिइन् । उनी २० वर्षकी थिइन्। साब टिभीमा प्रसारण हुने शो अली बाबा दास्तान-ए-काबुलमा उनको भूमिकाका लागि उनी लोकप्रिय छिन्।

ट्युनिशा शनिबार सेटमा सुटिङ गर्दै ब्रेकमा गएको बताइएको छ । उनी बाथरुम गएको बताइएको छ । पछि बाथरुम भित्रबाट उनको शव फेला परेको थियो । प्रहरीले उनको शव फेला पारे पनि आत्महत्या हो वा होइन भन्ने पुष्टि हुन सकेको छैन ।

यो पनि: ‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने, काठमाडौंँ-छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उहाँको भनाइ छ

चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ, उहाँले भन्नुभयो । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ ।

चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ । “वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौँ”, कार्यकारी निर्माता शर्माले भन्नुभयो ।


Comments