- Get link
- X
- Other Apps
गायक निशान भट्टराई नेपाल आइडल पहिलो सिजनमा सहभागी भएर चर्चामा आएका हुन्। ‘फस्ट रनरअप’ मेडल हात पारेका उनले दुई वर्षअघि (२०७७)मा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी बिहे गरेका थिए।
गायक निशान भट्टराईको वैवाहिक जीवनमा खटपट आएको कुराले पछिल्लो साता निकै चर्चा पायो । फेसबुक र इन्स्टाग्राममा एकले अर्काको तस्वीर हटाएका उनीहरुले अनफलो समेत गरेका थिए ।
निशान र पत्नी ऋचा न्यौपानेले विवाह मात्र होइन एकअर्कासँगका तस्वीर लुकाउँदा खटपटको शंकालाई बल मिलेको थियो । ‘सम्बन्धविच्छेद’को हल्ला व्यापक बनेपछि यी दुवै जनाले आफूहरुबीचको सम्बन्ध सामान्य रहेको प्रष्टीकरण दिन खोजेका छन् ।
निशान र ऋचा दुवैले लुकाएका फेसबुक र इन्स्टाग्रामका एकअर्काका रोमान्टिक तस्वीर पुनः सार्वजनिक गरेका छन् । ऋचाले डिएक्टिभेड रहेको आफ्नो फेसबुक अकाउन्ट पनि एक्टिभ गरेकी छन् । ऋचाले टिकटकमा निशानसँगको रोमान्टिक भिडियो पोस्ट गरेकी छन् ।
सुरुमा फोटो र भिडियो हटाएका र मिडियामा खबर आएपछि पुनः पोस्ट गर्दै उनीहरुले हल्लालाई खण्डन गर्न चाहेको देखिन्छ । फोटो र भिडियो पुनः पोस्ट गरे पनि यी दुईले शाब्दिक रुपमा सम्बन्धबारे खुलाएर केही बोलेका छैनन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment