- Get link
- X
- Other Apps
भारत, दिल्ली मथुराको यमुना एक्सप्रेसवेको किनारमा नोभेम्बर १८ गते (शुक्रबार) बिहान ११ बजे रातो रंगको सुटकेस भेटिएको थियो । सुटकेस खोल्दा त्यसमा एक किशोरीको श’व थियो । रगतले लतपतिएको लाश देखेर सबैको होस उड्यो । किशोरीको टाउको, हात र खुट्टामा ग’हिरो चो’ट थियो । ड’रलाग्दो कुरा के भने उनको छातीमा गोली पनि लागेको थियो ।
श्रद्धा वाल्कर ह’त्या प्रकरणको चर्चाले गर्दा आम मानिस र सञ्चारमाध्यमले यो घ’टनालाई पनि गम्भीरताकासाथ लिए । जसकारण यो घ’टनालाई लिएर पनि निकै चर्चा भयो । प्रहरीले यस विषयमा अनुसन्धान गर्यो ।
अनुसन्धानपछि बाहिर आएको कुराले सबैलाई हैरान बनायो । सुटकेसमा मृ’त फेला परेकी किशोरी दिल्ली निवासी थिइन् । उनको हत्या गरेर श’व मथुरामा कसले फाल्यो भन्ने कुरा पनि बाहिर आएको छ ।
आयुषीको ह’त्या कसले गर्यो ?
आजतकका सन्तोष शर्मा र मदन गोपाल शर्माको समाचार अनुसार यसलाई ‘अनर कि’लिङ्ग’ भनिएको छ । २१ वर्षीया आयुषी यादवको ह’त्यारा अरु कोही नभएर उनका आफ्नै बाबु हुन् । उनका बुबाले गोली हानेर ह’त्या गरेका थिए । त्यसपछि मथुराको राय क्षेत्रमा छोरीको श’व सुटकेसमा फालेका हुन् ।
प्रहरीले आरोपित बाबु नितेश यादवलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ । हत्यामा प्रयोग भएको हतियार र श’व फाल्न प्रयोग गरिएको कार पनि बरामद भैसकेको प्रहरीले जानकारी गरायो ।
समाचार अनुसार मथुराका अतिरिक्त प्रहरी उपरीक्षक एमपी सिंहका अनुसार आयुषी १७ नोभेम्बरको बिहान घरमा कसैलाई केही पनि जानकारी नगरी घरबाट निस्केकी थिइन् । छोरी फर्किएपछि रि’साएका बाबुले गोली चलाए । छोरी मारेर उनले श’व सुटकेसमा राखेर राति आफ्नै कारमा लगेर यमुना एक्सप्रेसवेको किनारमा फालेका हुन् ।
आमा र भाइले गरे लाश पहिचान
त्यसको भोलिपल्ट १८ तारिखमा यमुना द्रुतमार्गको सर्भिस रोडको झाडीमा रातो सुटकेस फेला पर्यो । सुटकेसभित्र किशोरीको श’व थियो । त्यसपछि प्रहरीले आठ जनाको टोली बनाएर यस विषयमा अनुसन्धान गरिरहेको थियो ।
अनुगमन टोलीले करिब २० हजार मोबाइल नम्बर ट्रेस गरेको थियो । अनुसन्धानका क्रममा बाटोमा जडान गरिएका दुई सयभन्दा बढी सिसिटिभी फुटेज पनि हेरियो ।
मृ’तकको पोस्टर दिल्ली–एनसीआर, अलिगढ र हाथरसमा राखियो । अनुसन्धानपछि शव आयुषी यादवको भएको खुल्यो । आयुषी दिल्लीको बदरपुर निवासी थिइन् । छोरी हराएको खबर पनि परिवारका सदस्यले दर्ता गराएका थिएनन् । शव पाएलगत्तै आमा र भाइ पो’ष्टमार्टम केन्द्र पुगेर चिने । बाबुले छोरीको ह’त्या किन गरेका हुन भन्ने कुरा खुल्न सकेको छैन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment