भारतबाट घटेर आयो इन्धनको मूल्य, के अब घट्छ त इन्धनको मूल्य ?

 


काठमाडौं ।

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनबाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । नयाँ मूल्यले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको निगम स्रोतले बतायो । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुनेछ ।

नयाँ मूल्यअनुसार डिजेलको मूल्य ११ रुपैयाँले घटेको प्राप्त भएको छ भने पेट्रोलमा १३ रुपैयाँ र मटीतेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा छ । यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २७७ रुपैयाँ



नोक्सानी रहेको रहेको निगमले जनाएको छ ।

यो पनि, बाजुरामा १२औँ दिनमा मतगणना

निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा मत गणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले मंसिर ४ गते खसेको मतलाई गणना गर्न निर्देशन दिएपछि बाजुरमा आज दिउँसो पौने ४ बजे देखि मत गणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सवैदलिय बैठक बोलाएको भएपनि नेकपा एमालेका प्रतिनिधिको सहभागिता नभएपछि आज बिहान मात्रै सर्वदलिय बैठक बसेको थियो । सर्वदलिय बैठकले दिउँसो साढे ३ बजे देखि मतगणना गर्ने निर्णय गरेको थियो ।

मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको र बुथ कब्जा समेत भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालले एक अर्कालाई आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएको थियो । एमालले जिल्लाका १६ मतदान केन्द्रमा बुथकब्जा गरेर एकलौटि मत खसालेको आरोप लगाएको थियो भने नेपाली कांग्रेसले ८ ठाउँमा बुथ कब्जा भएको आरोप लगाउँदै आयोगमा उजुरी दिएको थियो । दुई दलको उजुरी पनि निर्वाचन आयोगले जिल्लाको अवस्था बुझ्न अध्ययन टोली पठाएपनि सो टोलीले बुथ कब्जा भएको कुनै प्रमाण पेश गर्न सकेको थिएन ।

बाजुरामा कतदानका क्रममा भएको झ डपका कारण त्रिवेणि नगरपालिका–७ का सन्दिप अयडिको प्रहरीको गो ली ला गेर मृत्यु भएको थियो भने सो ठाउँका चेतन अयडीलाई कांग्रेसका कार्यकर्ताले रातीको समयमा घरमै गएर कु टपि ट गरी ह त्या गरेका थिए । बुढीनन्दा नगरपालिका–५ को एक मतदान केन्द्रमा भने ४ मंसिरमा मतदानका क्रममा विवाद भएर गो ली चलेपछि बीचैमा मतदान रोकिएको थियो । त्यहाँ पुनः मतदानसमेत भइसकेको छ ।

Comments