बाह्र तलाबाट हामफाल्नु अघि सम्हालिदै बोलेको, अन्तिम शब्दले संसारलाई रुवायो !

 


होटलमा आगोलागेपछी झ्यालमा बसेर गुहार माग्दै परिवारसँग भिडियोमा कुरा गर्दै थिए निराकर पाण्डे । आगलागी भएपछि होटलबाट बाहिर निस्कने खोजे पनि उनी सकेका थिएनन्। नेपालमा परिवारका सदस्य भन्छन्, ‘धुवाँ आउँछ भनेर ढोकामा कपडा खाँद्नू, पर्यटकीय क्षेत्र भएकाले चाँडै उद्धार हुन्छ भनिरह्यौं, तर भएन।’ ‘४ घन्टासम्म भिडिओमा आत्मबल दिइराख्यौं, उद्धार टोली पर्खिँदा पर्खिँदै पूरै भवनमा आगो लाग्यो उद्धार भएन’ परिवारसँग लामो कुरा गरेपछि उनले होटलबाट हाम फालेका थिए।

परिवारका सदस्यका अनुसार शव नेपाल ल्याउने प्रयासमा परिवार लागेको छ। निराकारसँग लगातार भिडिओ कलमा कुराकानी भएको र आफूहरूले उसलाई उद्धार हुने भन्दै सुरक्षित रहन भनिरहेको निरजले बताए। ‘भाइको नाबालक छोरा शुभार्जन र श्रीमती शशिकला लोहनी काठमाडौं बस्छन्,’ निरजले भने, ‘हुँदाहुँदै राति १२ बजेदेखि नेपाली समय बिहान ४ बजेर २६ मिनेटसम्म कुरा भयो।

हामीले उसलाई धुवाँ आउँछ भनेर ढोकामा कपडा खाँद्नू, पर्यटकीय क्षेत्र भएकाले चाँडै उद्धार हुन्छ भनिरह्यौं। तर भएन।’निराकारले होटलको १२ औं तलाबाट तलको दृश्य मोबाइलमा देखाएका थिए। भिडिओमा हेर्दा तल एम्बुलेन्स देखिन्थ्यो। प्रहरी र सर्वसाधारणको भीड थियो।

तर दमकलले तीन तलाभन्दा माथिको आगोमा पानी हाल्न नसकेको निरजले बताए। ‘उद्धार टोली पर्खिँदा पर्खिँदै पूरै भवनमा आगो लाग्यो,’ निरजले भने। आगलागी भएको चार घन्टासम्म पनि निराकारको उद्धार हुन नसकेकामा निरज दुखी छन्। उनका अनुसार उक्त भवनमा सन् २०१९ मा पनि आगो लागेको थियो। निराजनले आगो लागेपछि नियन्त्रणमा आउला भन्ने सोचेका थिए। त्यसैले आगलागी सुरू भएको डेढ घन्टापछि मात्र परिवारलाई खबर गरेका थिए।

निरज र परिवारले यताबाट कपडाहरू बाँधेर ढोकामा राख्नु भनिरहे। निराकारले ‘सक्दो कोशिस गर्दैछु’ भन्दै उद्धारका निम्ति पर्खिरहे। उद्धार हुने कुनै अवस्था नदेखेपछि भने निराकार निराश भएर भिडिओमा कुराकानी गर्न थाले। निरजले भने, ‘मेरो परिवारलाई सक्दो माया गरिदिनुहोला, हेरिदिनुहोला भन्ने भिडिओको क्लिपहरू पठायो। मैले उसलाई प्रेरणा दिइरहन कान्छो भाइको बिहेका बेला सबै जना भएको भिडिओको क्लिपहरू पठाएँ।

तर त्यो भिडिओ क्लिपको नोटिफिकेसनमा अझै ‘सिन’ भएन।’ आगोको घेरामा फसेका निराकरले उद्धार हुने आश नदेखेपछि होटलको १२ औं तलाबाट हाम फाले। दाजु निरजले कम्बोडियाको मिडियामा प्रकाशित भएको एउटा फोटो भेटेका छन्। ‘होटलको झ्यालमा एक हातमा टर्चलाइट र अर्कोमा मोबाइल बोकेको र झोला भिरेको फोटो छ,’

निरजले भने, ‘विदेशबाट बाकसमा लास आउँछ भन्ने सुनेका थियौं। आफ्नै परिवारमा यस्तो घटना भयो।’भाइले अन्तिम समयमा भनेका कुरा निरजको दिमाग फनफनी घुमिरहेको छ— आमालाई हेर्नू, परिवारलाई हेर्नू, मेरो बालख छोराको ख्याल गरिदिनू ल। भिडिओ कुराकानी हुँदै गर्दा बीचबीचमा नेटवर्क टुट्थ्यो। स्रोत : सेतोपाटीबाट (हेर्नुहोस सेतोपाटी बाट साभार गरिएको यो भिडियो)।

Comments