यी हुन् झरना थापाले छोरी सुहानाका लागि खोजेका ह्यान्सम

 


काठमाडौं । फिल्म ‘भगवत् गीता’का लागि अन्तत नायक फाइनल भएको छ । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका हुन् । पुस २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा अन्तत धीरज मगरलाई नै निर्माण यूनिटलेृ फाइनल गरेको हो ।

यसअघि धिरजले चर्का पारिश्रीमक मागेको भन्दै निर्माण यूनिटसँग उनको दुरी बढेको थियो । झरनाले निर्देशन गर्ने प्रतिक्षित फिल्म निर्माण कम्पनी र अभिनेता मगरबीच शनिबार लिखित सम्झौता भएको हो । यसअघि धिरजबाहेक पसिन उनको विकल्पमा कलाकारको खोजी भइरहेको थियो ।

यो पनि: मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न दीक्षा अमेरिका प्रस्थान, काठमाडौं । मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाईवाई मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन् । डिसेम्बर १७ मा अमेरिकाको लस भेगासमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन् ।

सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठुलो र प्रतिष्ठित प्रतियोगितामा पर्ने गर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशवाट ६० भन्दाबढी राष्ट्रहरुका सहभागी हुदैँछन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षा मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । उनले सुपि रसाइली तथा मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन् ।

स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षालाई हाल अमेरिकामै वसोवास गर्दै आइरहेकी नेपालकी चर्चित मेक(अप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेक–अप गर्नेछिन् । उनले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाऊनका लागी श्री गणेश सुनचाँदी पसलवाट उपहार स्वरुप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहार स्वरुप आयोजकलाई प्रदान गर्नेछिन् ।

दीक्षाले यसअघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाईवाई मिसेस नेपाल वर्ल्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रुपमा चयन भएकी थिइन र उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वर्ल्डमा सहभागिता जनाउदै छिन् ।

Comments