- Get link
- X
- Other Apps
कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परेर एक जना नेपाली नागरिककाे पनि मृ त्यु भएकाे छ। थाइल्यान्डको सिमाना नजिकै रहेको क्यासिनोमा भएको आगलागीमा परी बिर्तामोड-१‚ झापाका ४० वर्षीय निराकार पाण्डेको मृ त्यु भएको हाे। उक्त आगलागीमा परी कम्तिमा २४ जनाको मृत्यु भएको बताइएकाे छ। हाल पाण्डेको श व थाइल्यान्डस्थित नेपाली राजदूता वासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ।
आगलागी भएका बेला भवनकाे १२ औं तलामा रहेका उनले त्यहाँबाट हाल हाल्नुअघि आफ्नो परिवारलाई भि डियो कल गरेका थिए। भिडियाे कलमा उनले आफ्नो छोरालाई भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अल्वेज लभ्स यू। जहाँ भए पनि‚ जसरी बसे पनि बा बाले तिमीलाई सधैं सम्झनुहुन्छ।’
बीबीसीका अनुसर उक्त क्यासिनोमा ४०० जना कार्यरत थिए भने आगलागी भएपछि भवनबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृ त्यु भएको थियाे।
- Get link
- X
- Other Apps


Comments
Post a Comment