आज ह्वातै घट्यो डलरको भाउ सहित आज यी देशका मुद्राको भाउ..

 


काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३० रुपैयाँ ५८ पैसा रहेको छ ।

बुधबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा रहेको थियो।सिङ्गापुरे डलरको खरिददर ९५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा र जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा कायम छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०५ र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा छ।युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा रहेको छ।मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ

Comments