- Get link
- X
- Other Apps
काठमाडौं
फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगलले अन्तिम १६ को खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि अहिले यो समाचार अन्तर्राष्ट्रिय पत्रपत्रिका र अनलाइनमा हेडलाइन बनेको छ ।
खेलको अघिल्लो दिन नै प्रशिक्षक फर्नान्डो सान्तोसले पछिल्लो खेलमा रोनाल्डोले गरेको व्यवहारका कारण आफू रुष्ट रहेको बताएका थिए । रोनाल्डोलाई परिवर्तन गर्दा उनले देखाएको आचरणप्रति प्रशिक्षकको आपत्ति थियो । प्रशिक्षक सान्तोसले खेलको अघिल्लो दिन पनि रोनाल्डो सुरुवाती रोजाइमा खेल्ने वा नखेल्ने पक्का बताउन मानेका थिएनन् ।
यहि बिषयलाई लिएर उनकी प्रेमिका आक्रोशित भएकी छन्। रोनाल्डो सुरुमा बेन्चमै बसालिएको खेलमा पोर्चुगलले स्विटजरल्यान्डविरुद्ध ६-१ को जित निकाल्दा पनि मोडलसमेत रहेकी रोड्रिगेजको आक्रोश सामाजिक सञ्जालमा पेखेकी छन्।
सुरुवाती ११ मा नपरेपछि बेन्चमा थन्किएका रोनाल्डो उदाश थिए। ‘हामीले ९० मिनेटसम्म विश्वकै उत्कृष्ट खेलाडीको खेल हेरेर मजा लिने अवसर पाएनौँ, यो लाज लाग्ने कुरा हो,’ रोनाल्डोलाई सुरुमै मैदानमा नउतार्ने प्रशिक्षक फर्नान्डो सान्तोषको निर्णयमा रोड्रिगेजले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिन्।
‘फ्यानहरूले तपाईँको नाम लिन छोडेका थिएनन्,’ उनले भनेकी छन्, ‘मलाई आशा छ, भगवान र तपाईंको प्रिय मित्र फर्नान्डोले अर्को खेल खेलाउनु हुनेछ।’
पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै नराम्रो व्यवहार देखाएका थिए । लगत्तै उनी कोरियाली खेलाडी चो ग्युसुङसँग पनि विवादमा परे । त्यसबेला सान्तोसले रोनाल्डो र कोरियाली खेलाडीको विवादमा मात्र ध्यान दिएको र रोनाल्डोको आचरण ख्याल नगरेको बताए ।
‘खेल सकिएलगत्तै मिडियामा बोल्दा मैले भिडियो फुटेज हेरेको थिइनँ । रोनाल्डोले परिवर्तन हुने बेलामा के भने मैले सुन्ने अवस्था थिएन । कोरियाका खेलाडीसँग विवाद भएको देखेको थिएँ, मात्र त्यति हो,’ सान्तोसले सोमबार भने, ‘तर जब भिडियो हेरें, मलाई मन परेन । मलाई पटक्कै मन परेन । त्यसपछि हामीले आन्तरिक रुपमा यो समस्याबारे छलफल गरेका छौं । त्यो समस्या अब सुल्झेको छ र हामी सबै भोलिको खेलको लागि ध्यान दिइरहेका छौं ।’
प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान फरवार्ड तथम कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै युवा स्टार रामोसलाई खेलाएर जोखिम मोलेका थिए । तर, त्यो जोखिमलाई उनले आँफुलाई प्रमाणित गरिदिए ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment