- Get link
- X
- Other Apps
इन्डोनेसियाको संसद्ले विवाह नगरि हुने यौन सम्बन्धलाई अप’राधको रूपमा व्याख्या गर्दै नयाँ कानुन पारित गरेको छ । संसद्ले पारित गरेको नयाँ फौजदारी संहिताअनुसार देशमा विवाहित जोडीले गर्ने बाहेकको यौन सम्बन्धलाई अपराध मानिनेछ ।
तीन वर्षमा लागू हुने नयाँ कानुनअनुसार विवाह नगरि यौ\नसम्पर्क गर्नेलाई एक वर्षसम्म जेल सजाय हुनेछ । केही मुस्लिम बाहुल्य देशहरू प्रेम र यौ’नको विषयमा उदार बन्दै गए पनि इन्डोनेसियाले भने धार्मिक विषय भन्दै कडाइ गरेको हो ।
आलोचकहरूले कानूनलाई मानव अधिकारका लागि विपत्ति र पर्यटन तथा लगानीका लागि सम्भावित धक्काको रूपमा व्याख्या गरेको छन् । नयाँ कानुनको विरोधमा राजधानी जकार्ताको संसद् बाहिर युवा समूहले प्रदर्शन गरेका छन् र अदालतमा निवेदन दिने तयारी गरेका छन् ।
यो कानुन इन्डोनेसियाली नागरिक र विदेशी पर्यटकमा समेत लागू हुनेछ । विवाह नगरेका जोडीले एकै ठाउँमा रात बिताउनसमेत पाउने छैनन् । धेरै इन्डोनेसियाली युवा/युवतीले विवाह नगरेका जोडी बाहिर सँगै बस्नु वा यौ’नसम्पर्क गर्नु अ’पराध नभएको बताउँदै फौजदारी संहिता कुनै निश्चित धर्ममा आधारित हुन नहुने बताएका छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment