शनिबारसम्म नयाँ वर्ष मनाउन काठमाडौं आइपुग्ने तयारी गरेका निराकार संसारलाइ रुवाएर अस्ताए उतै !


 थाइल्यान्डको सीमानजिकै रहेको कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भीषण आग लागीमा परी झापा बिर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृ त्यु भएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा बिहीबार रातिको घ टनामा उनीसहित २४ जनाको मृ त्यु भएको हो । उक्त घ टनापछि एन आरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घ”टनास्थलमा पुगेका छन् ।

अहिले पाण्डेको श,व थाइल्यान्डस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले कान्तिपुरलाई बताए ।उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।

बैंककस्थित नेपाली दूतावासका प्रथम सचिव खगराज पाण्डेयलगायत व्यक्ति घटनास्थल आउनुभएको छ । उहाँहरूको समन्वयमा पाण्डेको श,व नेपाल पठाउने तयारी गरिरहेका छौं उनले भने । पाण्डेले मृ,त्यु अघि परिवारलाई भाइबरमार्फत भिडियो कलमा आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । आफू १२ औं तलामा रहेको र अब हाम फाल्नुको विकल्प नरहेको बताएका थिए ।

परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उनले ९ वर्षीय छोरालाई भनेका थिए सानु मेरो आँखाको नानी बाबु म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यू । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है बाबु । आर्मन इज द बेस्ट है सानु ।

बिर्तामोडमा रहेका हजुरबुबा–हजुरआमा र मामाघरतर्फका हजुरबा हजुरआमा लगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका थिएमामुलाई धेरै माया गर्नू, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा–मामुलाई माया गर्नू । सबै भन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा ।

पाण्डे एक महिनाअघि कम्बोडिया पुगेको खड्काले कान्तिपुरसित बताए । उनी यसअघि पनि करिब ३ महिना कम्बोडिया बसेर नेपाल फर्किएका थिए । उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरिएको थियो ।

आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै जनाको मृत्यु भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ ।

Comments