कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा यी मेयरले दिए साथ

 


सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई ९हर्क साम्पाङ० र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ ।

बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए ।

मेयर कार्कीले धरान उपमहानगरपालिकाको योजनालाई पूर्ण रूपमा सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। औपचारिक रूपमा दुई छिमेकी पालिकाका प्रमुखको तेस्रो पटक भएको भेटमा खानेपानीसहित अन्य विषयमा समेत छलफल भएको बराहक्षेत्र नगरपालिका सूचना अधिकृत पुकार पोखरेलले बताए ।

धरान उपमहानगरका मेयरले चतराबाट पानी धरान लैजाने योजनालाई दुईवटा पालिकाको संयुक्त कार्यक्रम रूपमा लैजानुपर्नेमा जोड दिएका थिए ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Comments