- Get link
- X
- Other Apps
काठमाडौं– नयाँ फिल्म ‘भगवत् गीता’ आगामी नयाँ वर्ष २०८० मा आउने पक्का भएको लामै समय भयो । फिल्मको टीजरसमेत सार्वजनिक भयो । झरना थापाको निर्देशन रहने फिल्मको टीजरलाई आकर्षक रहेको प्रतिकृया आयो । टीजरमा मुख्य कलाकार सुहाना थापालाई जानकी मन्दिरमा देखाईएको छ ।
अहिले नायिका सुहाना थापासँग फिल्म ‘भगवत् गीता’मा नायक धिरज मगरले काम गर्ने पक्का भएको छ । निर्माण टिम र धिरजविच आज औपचारिक रुपमा संझौता भएको छ । यो फिल्मको छायांकन मंसिर ९ गतेबाट सुरु गर्ने निर्माण टिमको योजना थियो ।
तर, नायक नै फाइनल नभएपछि निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले फिल्मको छायांकन सुरु गर्न सकेका थिएनन् ।तर, धिरजसँग पारिश्रमिकको कुरा समेत मिलेपछि उनलाई नै लिएर काम गर्ने निर्णय निर्माण टिमले गरेको हो ।
यो फिल्मलाई बैशाख १ गतेबाट रिलिज गर्ने योजनामा निर्माणपक्ष छ । नायिका सुहाना थापा र नायक धिरज मगरले एकसाथ काम गर्ने इच्छा व्यक्त गरेको एक बर्ष बढी भयो । धिरजसँग पारिश्रमिकको कुरा नमिलेपछि निर्माण टिमले नयाँ नायकको खोजी गरेको थियो । तर, अब भने धिरज नै थापा प्रोडक्शनमा भित्रिएका छन् ।
पहिले पनि अभिनेता धीरज मगरलाई सुहानाको जोडीको रुपमा लिने कुरा गर्दा तर कुरा मिलेन । तर अहिले भने उनि नै पक्का भएको हो । निर्माण टिमले पारिश्रमिक बढी मागेकोले लिन नसकेको बताएको थियो । अहिले भने उनि नै फिल्म ‘भगवत् गीता’पक्का भएका हुन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment