- Get link
- X
- Other Apps
काठमाडौँ। ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि कोच राजु लामाको टिमका करण राईले जितेपछि कोच प्रमोद खरेलले बधाई तथा शुभकामना दिएका छन् ।
शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेको आयोजकले घोषणा गरे लगत्तै कोच प्रमोदले सामाजिक संजालमा स्टाटस लेख्दै करणको उज्जवल भविष्यको कामना गर्दै राजु र करण दुवैलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
प्रतिस्पर्धामा टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् । टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने ।
दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार पाएका छन् ।
यो पनि: भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने, नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।
आज सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।
विदेशबाट आउने नेपालीहरूले आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
भन्सारमा घोषणा नभएको मोबाइल आउँदो पुस १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी/नागरिकत/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र एमडीएमएसमा गइ दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
नेपाल भित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणको अनुरोध छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment