- Get link
- X
- Other Apps
केहि दशक अगाडि नेपाली सांगितिक क्षेत्रमा एक गीत छोरीभन्दा आमा तरुनी… ले निकै चर्चा पायो । त्यसबेलाको उक्त गीतलाई सार्थकता प्रदान गरेको छ, क्यालिफोर्नियाको एक आमाछोरीको तस्वीरले । जहाँ २१ वर्षीया छोरीभन्दा ४५ वर्षकी आमा तरुनी देखिएकी छन् ।
पश्चिमी अमेरीकी राज्य क्यालिफोर्निया निवासी आमा जोलिन डियाज आफ्नी २१ बर्षिय छोरी मिलानीभन्दा जवान देखिएकी छन् । इन्स्टाग्राममा आमाछोरीको तस्वीर अपलोड भएपछि धेरैले यी दुईलाई दिदी–बहिनी जस्तो भनेका छन् ।
उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिएका छन् । उनको तस्वीरमा लाखौंले उनलाई छोरीभन्दा जवान देखिनुको कारणबोर समेत सोधेका छन् ।
४५ वर्षको उमेरमा पनि जवान देखिने जोलिनले छालाको स्याहारका कारण आफु यस्तो देखिएको बताएकी छन् । जोलिनका अनुसार उनी पारम्परिक तरिकाले छालाको स्याहार गर्दछिन् । व्यायाम, सन्तुलित भोजन तथा पर्याप्त आराम जोलिनको नियमित काम हो ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment