- Get link
- X
- Other Apps
अभिनेता सलोन बस्नेतले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन्। चन्दागिरि रिसोर्टमा भइरहेको विवाह समारोहमा दुवै पक्षका परिवार, साथीभाइ, नजिकका आफन्त र कलाकारहरू उपस्थित छन्।
अभिनेता सलोन बस्नेत निर्देशक शोभित बस्नेतका छोरा हुन्। गत शुक्रबारदेखि सलोन अभिनीत फिल्म ‘मीलन’ प्रदर्शन भइरहेको छ। बिहेपछि उनी बुवा शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय होस्’ मा व्यस्त हुनेछन्।
उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा छन्। करिश्मा नेपाल एयरलाइन्समा काम गर्छिन्। उनी एयर होस्टेस हुन्।
सलोनले ‘नेपाली बाबु’ बाट बालकलाकारको रूपमा डेब्यु गरेका थिए। उनले ‘होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाँडाको वरपीपल, बाबु कान्छा’लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।
- Get link
- X
- Other Apps


Comments
Post a Comment