- Get link
- X
- Other Apps
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको सफत खाएका छन् । रविको सचिवालयका दिपक बोहोराका अनुसार लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो । उनले भने, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएको छ ।
तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको थियो ।’नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति निवास शीतल निवासमा अहिले ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयतको शपथ दिलाउनेछिन् ।
तेस्रोपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेकपा एमालेसहितका दलहरूको समर्थन छ । आजै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद्समेत गठन गर्नेछन् । प्रधानमन्त्रीको शपथपछि तीन जना उपप्रधानमन्त्रीले शपथ लिने बताइएको छ ।
पावर शेयरिङबारे सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा तीन जना उपप्रधानमन्त्री रहने टुंगो लागेको हो । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बनेका छन् । एमालेका पौेडेल अर्थ र माओवादीका श्रेष्ठ परराष्ट्रमन्त्री र रबि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment