- Get link
- X
- Other Apps
आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २५ गते आइतबार (इश्वी सन २०२२ डिसेम्बर ११ तारिख) को राशिफल हेर्नुहोस्ः
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य खर्च हुने योग रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुन सक्नेछ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य यात्राकारक दिन रहनेछ । नजिकका व्यक्तिहरुसंग सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला । सभा सम्मेलनमा मान सम्मान मिल्नेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहेको छ । साथीभाईका कारण बिग्रन लागेको कार्य सफल हुनेछ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिक मेहनतबाट कार्य मात्रै सफल हुनेछ । अरुको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । प्रतियोगितात्म गतिविधिमा सफलता पाउन मुस्किल पर्नेछ । साथीभाईसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजनको साथ प्राप्त हुनेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिश्वास गरिएका व्यक्तिहरुबाट धोका हुन सक्नेछ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तहरुसंग दुरी बढ्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । नयाँ कार्यका लागि आटँ र साहशको कमी आउन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा बढि मन जानेछ । सभा सम्मेलन जस्ता कार्यबाट मान सम्मान मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोग काम बन्ने योग बनेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि मध्यम रहनेछ । बिलासी सामान खरिद गर्न मन जानेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधनको प्रयोगमा साबधान रहनु होला । अरुका कारण अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभा सम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरुसंगको भेटघाटले मन हर्षित रहला । सभासम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment