किन बारम्बार फोन गरेर पुष्पालाई सामान लिन बोलाईयो ? पेट्रोल छर्केर आत्मदाह गरेको देख्दा पनि रमिता हेरेरे बसे तर केटा पक्षको परिवारले किन गरेन उद्धार ?
- Get link
- X
- Other Apps
काठमाडौंमा आगोले ज लेर गम्भीर घाइते भएकी पुष्पाको कीर्तिपुर अस्पतालमा उपचारका
क्रममा मृत्यु भएको छ । सोमबार बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले ज लेको अवस्थामा फेला
परेकी थिइन् । काठमाडौं महानगरपालिका- ४ धुम्बराहीका केटासँग इन्गेजमेन्ट गरेकी
उनको इन्गेजमेन्ट तोडिएको थियो । केटाको परिवारले कारणसमेत नबताई एक्कासी
इन्गेजमेन्ट टुटाएको उनको परिवारले बताएको छ ।
आइतबार साँझ पुष्पालाई केटाको
परिवारले सामान लिन बोलाएको र र त्यही घर अगाडी नै पुष्पा २० मिनेटसम्म ज लि रहेपनि
उनीहरुको परिवारले नबचाएको आरोप आफन्तले लगाएका छन् । पछि प्रहरी आएर उनको उद्धार
गरी त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न
अस्पतालमा रिफर गरिएको थियो।
त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको
मृत्यु भएको हो। प्रहरीले भने पुष्पाले आफै आफ्नो शरीरमा पेट्रोल छर्केको बताएको छ
। पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट
गर्ने केटाको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे। दरबारमार्गमा
रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो। पुष्पाका
परिवारले इन्गेजमेन्ट तोड्ने केटासहित उनको परिवारका चार जनाविरूद्ध आ त्मदाह दु
रूत्साहनमा जाहेरी दिएको छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment