- Get link
- X
- Other Apps
मिसेस वर्ल्ड २०२१-२०२२ प्रतियोगिताको उपाधि भारतकी सरगम कौशलले जितेकी छिन् । यो खबर इन्स्टाग्राममा सेयर गर्दै सरगम कौशलले लेखेकी छिन्, ‘लामो प्रतीक्षा समाप्त भएको छ । हामीले २१ वर्षपछि ताज पाएका छौं ।’
जम्मूबाट आएकी सरगम कौशल हाल मुम्बईमा बस्छिन्। जम्मुमा बस्ने उनका बुबा जीएस कौशलले बीबीसीलाई भने, “जब मेरी छोरी साढे दुई वर्षकी थिइन्, मैले उनलाई असाधारण देखेँ र उनको अनुहार अद्वितीय थियो। उनी मिस फेमिनामा पनि जाउन् भन्ने मेरो चाहना थियो तर कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिने उनको मनमा अनिच्छा थियो ।”
सरगम कौशलले प्रेजेन्टेशन कन्भेन्ट हाई स्कूल, जम्मूमा १२ सम्म पढेकी थिइन्। यसपछि उनले बीएससी गरिन् र त्यसपछि जम्मू विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिन् । बीएड गरेपछि विद्यालयमा पढाउन थालिन् ।
- Get link
- X
- Other Apps


Comments
Post a Comment