बुबाआमा,पत्नी र छोराछोरीको साथमा घन्टौ लगाएर पशुपतिनाथको दर्शन गरे विवेक ओबरायले

 


काठमाडौं । सपरिवार नेपाल घुम्न आइपुगेका बलिउड अभिनेता विवेक ओबरायले आज बिहान पशुपतिनाथ दर्शन गरेका छन् । बुबाआमा, पत्नी र छोराछोरीसहित उनले पशुपतिमा पूजाअर्चना गरे । व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ ।

“पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शन गरिसकेका उनि लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ । झण्डै एक घण्टा मन्दिरमा बिताएको ओबराय परिवारलाई हेर्न फ्यान झुम्मिएका थिए । विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् । नेपालमा समेत बाबु र छोराको राम्रै फ्यान फलोइङ छ ।

पशुपतिमा पूजापछि बाहिरिंदा गर्दा उनीहरुले फ्यानसँग तस्वीर खिचाए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको कुरा विवेकले मिडियासँग बताए । पशुपतिपछि उनीहरु चन्द्रागिरि घुम्न जाने कार्यक्रम छ । आजै उनीहरु पोखरातर्फ प्रस्थान गर्नेछन् ।

पोखरामा साहसिक खेलसहित घुमघाम गरेर उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कनेछन् । त्यहाँबाट पोखरा फर्किएर भैरहवा हुँदै लुम्बिनी जाने कार्यक्रम छ । लुम्बिनीबाट काठमाडौं फर्किएर भारत जाने उनीहरुको योजना छ । विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् ।

Comments