महान फुटबलर पेलेको निधन पछि नेयमारले भावुक हुदै दिए मनछुने श्रद्धान्जली !

 


काठमाडौं । विश्वकै महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको सङ्क्रमण भएको थियो ।

पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो । पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ। पेलेले चारवटा विश्व खेलेका थिए भने तीन खेल जितेका थिए ।

उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भई १४ खेलमा १२ गोल गरेका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।

पेलेको जन्म २३ अक्टोबर १९४० मा भएको थियो भने निधन २९ डिसेम्बर २०२२ मा भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।

नेमार भावुक – ब्राजिल र पेरिस सेन्ट-जर्मेनका सुपरस्टार नेयमारले आफ्नो देशको महान खेलकुद आइकनलाई श्रद्धाञ्जली अर्पण गर्दै पेले अघि भनेका छन्, ‘१०’ एउटा संख्या मात्र थियो। तर त्यो सुन्दर वाक्य अपूर्ण छ। म भन्न चाहन्छु कि पेले भन्दा पहिले, फुटबल केवल एक खेल थियो।

उनले फुटबललाई कलामा परिणत गरे, यसलाई मनोरञ्जनले भरिदिए, फुटबल र ब्राजिलले राजा (पेले) लाई धन्यवाद दिए। उहाँ जानुभयो, तर उहाँको जादू जीवित रहनेछ। पेले अनन्त हुनुहुन्छ। नेयमारले पेलेसँगका केही तस्विर पनि सेयर गरेका छन् ।

Comments